
न्युयोर्कको क्विन्समा धुले पर्व सम्पन्न
मकै हाउस सामुदायिक मिडिया, राम चन्द्र सापकोटा
न्युयोर्क । म्याग्दी जिल्लाको सबीक बरंजा गाविसका स्थायिवासी हाल अमेरिकालाई कर्म थलो बनाई बसोबास गर्ने वरंजेलिहरुले आफ्नो कला संस्कृतिको जर्गेना र पुस्तान्तरण गर्ने उद्देश्यका साथ इष्ट मित्रलाई आमन्त्रण गरी धुले पर्व भव्य रूपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अमेरीका निवासी वरंजेलीहरूको अभिभावक मन प्रसाद रोकाको अध्यक्षता , म्याग्दी समाज न्युर्योक अमेरीकाका अध्यक्ष तिर्थ घर्ती मगरको प्रमुख आतिथ्यता , मगर संघ अमेरीकाका अध्यक्ष दिप सागर बुढा मगर, मगर संघ अमेरीका, न्युर्योक च्यापटका अध्यक्ष रत्न सिंड गर्वुजाको आतिथ्यता रहेको कार्यक्रममा वक्ताहरुले विभिन्न उद्देश्यका साथ वसाइसराई संग-संगै आफ्नो कला संस्कृतिको पनी अन्तराष्ट्रीयकरण हुनु राम्रो कुरा हो, जसले गर्दा आफ्नो कला संस्कृती पनी पुस्तान्तरण हुने हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कुरारा जोड़ दिएका थिए ।


कार्यक्रममा अध्यक्ष रोका मगरले धुले पर्वको बारेमा जानकारी दिदै यस्तो व्यस्त जिवनमा पनी हाम्रो निमन्त्रणा लाई स्विकार गरी पाल्नुभएकोमा सम्पुर्णलाई धन्यवाद दिदै यो कार्यक्रम सभ्य रूपमा सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन रामचन्द्र सापकोटाले गरेका थिए ।

