
च्याम्पयिन्स लिगको उपाधी लगातार दोस्रो बर्ष पिएसजीले जितेको छ ।
मकै हाउस मिडिया,
न्युयोर्क । युईएफए च्याम्पियन्स लिगको उपाधी लगातार दोस्रो बर्ष पनी पिएसजीले जितेको छ ।
युईएफए च्याम्पियन्स लिगको आज सम्पन्न फाईनल खेलमा आर्सनललाई पेनाल्टी गोलमार्फत पराजित गर्दै पिएसजीले लगातार दोस्रो बर्ष उपाधी हात पारेको हो ।
खेलको ६ औ मिनेटमा हाभेर्ट्जको उत्कृष्ट गोल मार्फत आर्सनललाई १-० को अग्रता दिलाएका थिए । तर दोस्रो हाल्फको ६२ औ मिनेटमा काभ्रास्थालीलाई डि-बक्स भित्र लडाएपछी पिएसजीले पेनाल्टी पाएको थियो । प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै डेम्बेलेले उत्कृष्ट गोल गरेपछी जारी खेलमा पिएसजीले १-१ गोल बराबरी बनाएका थिए । खेलको ९० औ मिेनेट सम्मपनी बराबरी गोल बाहेक कुनै नतिजा निकाल्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।


खेलको अतिरिक्त समयमा पनी दुवै टोलीबाट गोल नभएपछी खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टी शुटआउटमा पिएसजीले आर्सनल बिरुद्ध ४-३ को नतिजा निकाल्दै लगातार दोस्रो पटक उपाधी जितेको हो । खेलको सुरुवाती देखी नै पिएसजीले आर्सनल बिरुद्ध एक तर्फी खेल खेलेका थिए ।

