
हामी नेपाली ग्लोबल सेसेल्सको प्रथम महाधिवेशन भव्य रुपमा सम्पन्न
हामी नेपाली ग्लोबल सेसेल्सको प्रथम महाधिवेशन भव्य रूपमा सम्पन्न
मकै हाउस सामुदायिक मिडिया
अक्कल तामाङ
सेसेल्स, प्रवासी नेपालीहरूको साझा संस्था हामी नेपाली ग्लोबल सेसेल्स (Hami Nepali Global Seychelles) को प्रथम ऐतिहासिक महाधिवेशन भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री दिपेन्द्र कुँवरको अध्यक्षतामा आयोजित उक्त महाधिवेशनमा सेसेल्स प्रहरी सुपरभाइजर एवं समाजसेवी श्री दिपक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
महाधिवेशनमा संस्थाको विगतको गतिविधि, उपलब्धि, आगामी कार्यदिशा तथा प्रवासी नेपाली समुदायको हित र एकताका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सहभागी सदस्यहरूले संस्थालाई अझ सशक्त, प्रभावकारी र समुदायमुखी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए।
महाधिवेशनले आगामी कार्यकाल २०२६–२०२८ का लागि नयाँ नेतृत्व तथा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा श्री सुरेन्द्र कुँवर चयन हुनुभएको छ। त्यसैगरी विभिन्न पदहरूमा अनुभवी, सक्रिय तथा समाजसेवामा समर्पित व्यक्तित्वहरूलाई जिम्मेवारी प्रदान गरिएको छ।

नवनिर्वाचित अध्यक्ष श्री सुरेन्द्र कुँवर सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। संस्थाले एकता, सहकार्य, सेवा र समावेशिताको भावनालाई आत्मसात गर्दै सेसेल्सस्थित नेपाली समुदायको हकहित, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा समुदाय विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
संस्थाको मूल नारा “राजनीति, धर्म, जाति वा वर्गबाट स्वतन्त्र संगठन” लाई आत्मसात गर्दै आगामी दिनमा अझ व्यापक रूपमा समुदाय सेवा, सामाजिक एकता तथा नेपाली पहिचानको प्रवर्द्धनमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
नवगठित कार्यसमिति (२०२६–२०२८)
अध्यक्ष: श्री सुरेन्द्र कुँवर
वरिष्ठ उपाध्यक्ष: श्री राजनजी बस्नेत
प्रथम उपाध्यक्ष: श्री हरि तामाङ
द्वितीय उपाध्यक्ष: श्री भक्त खड्का
तृतीय उपाध्यक्ष: श्री बेदु पाण्डे
महिला उपाध्यक्ष: श्रीमती आरती गुरुङ
महासचिव: श्री अइन्द्र विक्रम घोड्या
सचिव: श्री चाम बगाल
सह-सचिव: श्री प्रकाश गौतम
सह-सचिव: श्रीमती सुम्पी पौडेल
कोषाध्यक्ष: श्री सानुकाजी रिस्खडा
सह-कोषाध्यक्ष: श्री राम कुमार बस्नेत
सह-कोषाध्यक्ष: श्रीमती हिम्पल गुरुङ
आर्थिक प्रशासनिक व्यवस्थापन: सुश्री अस्मिता आले मगर
प्रवक्ता: श्री हरि मैनाली
वरिष्ठ बोर्ड अफ डाइरेक्टर: श्री धन बहादुर लामा
बोर्ड अफ डाइरेक्टरहरू:
श्री टिकाराम बिक, श्री प्रकाश काडाचा, श्री अनुप गुरुङ, श्रीमती सवित्रा (सुनु) दाहाल, श्री सुनिता रञ्जा, श्री निमा घिसिङ, श्री नारायण बस्नेत, श्री प्रदीप केशी, श्री जि.बि. गुरुङ, श्री रमेश क्षेत्री।
युवा विभाग
संयोजक: श्री विकास थिङ
सह-संयोजक: श्री राम बहादुर कुँवर
महिला विभाग
संयोजक: श्रीमती धनमाया राई गुरुङ
सह-संयोजक: श्रीमती बबिता कुँडवाल
खेलकुद विभाग
संयोजक: श्री सन्तोष अधिकारी
टुरिजम विभाग
संयोजक: श्री भरत भण्डारी
सदस्य: श्री दिपेन्द्र रानाभाट
संस्थाले सम्पूर्ण सदस्य, शुभेच्छुक, सहयोगी तथा सहभागीहरूलाई महाधिवेशन सफल बनाउन पुर्याएको अमूल्य योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ। नयाँ नेतृत्वको मार्गदर्शनमा संस्थाले आगामी दिनमा अझ सशक्त, संगठित र प्रभावकारी ढंगले समुदाय सेवामा समर्पित रहने विश्वास व्यक्त गरिएको छ।
