Banner

क्विन्स KTM लायन्स क्लबले सार्वजनिक गर्‍यो २०२६–२०२७ कार्यसमिति

 

मकै हाउस सामुदायिक मिडिया

अक्कल तामाङ

“सेवाको जरोमा उभिएर समाज परिवर्तनको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता”

न्यूयोर्क। विश्वकै सबैभन्दा ठूलो सेवामूलक संस्था Lions Clubs International अन्तर्गत District 20-K1 मा आबद्ध Queens KTM Lions Club ले आफ्नो २०२६–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति (Executive Committee) सार्वजनिक गरेको छ। नयाँ नेतृत्वले “Rooted in Service. Committed to Making a Difference.” अर्थात् “सेवामा आधारित, सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध” भन्ने मूल नाराका साथ समुदाय सेवाका विविध कार्यक्रमलाई अझ प्रभावकारी बनाउने संकल्प व्यक्त गरेको छ।

क्लबले सार्वजनिक गरेको कार्यसमिति अनुसार अरुणा तामाङ क्लब अध्यक्ष (Club President) मा निर्वाचित भएकी छन्। अध्यक्ष तामाङको नेतृत्वमा नयाँ कार्यसमितिले सेवा, नेतृत्व, पारदर्शिता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी एक वर्ष समुदायको हितमा काम गर्ने लक्ष्य लिएको जनाएको छ।

नयाँ कार्यसमिति

कार्यसमितिमा विभिन्न जिम्मेवारीका लागि अनुभवी तथा सक्रिय सदस्यहरूलाई चयन गरिएको छ।

  • President: अरुणा तामाङ
  • LCIF Chairperson: गुर्मी गुरुङ
  • 1st Vice President: रुपा शाह
  • 2nd Vice President: कविता बस्नेत
  • Club Secretary: निशा तामाङ
  • Vice Club Secretary: बिमला लामा
  • Treasurer: बिष्णु तामाङ
  • Vice Treasurer: देव गौतम
  • Club Administrator: कमला क्षेत्री
  • Vice Club Administrator: भगवती कार्की
  • Club Service Chairperson: सिमा थापा
  • Club Member Chairperson: पासाङ तेन्जिन भुटिया
  • Vice Club Member Chairperson: रीना लामिछाने
  • Club Marketing Chairperson: छिरिङ शेर्पा
  • Vice Club Marketing Chairperson: अनिल पौडेल
  • Advisor: सुवास बिष्ट
  • Club Directors: कुन्दन सुब्बा, सुष्मा कार्की, निङलोमु शेर्पा, प्रकाश गौतम र चित्र बहादुर दुरा।
Loading...