Banner

धुर्मुस-सुन्तली फाउन्डेसन लाई न्यु भिजन ग्रुप कोरियाको आर्थिक सहयोग

 

 

सन्तोष खड्का
जुलाई २१, सौल, साउथ कोरिया, न्यु भिजन ग्रुप दक्षिण कोरियाले धुर्मुस-सुन्तली द्वारा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर चितवन लाई रु:५१,०००( एकाउन्न हजार रुपैया) सहयोग रकम हस्तान्तरण गरेको छ। पुर्ब निणायार्थ १ बर्ष अगाडिनै नेपालमा रहेका ग्रुपको साथिहरुको एकदिने श्रमदान सहित रकम हस्तान्तरण गरिने भनेको भएता पनि विश्व महामारी कोरोनाको कारण स्थगित गरिएको र अझै कोरोना नियन्त्रणमा समय लागने भएको कारण र फाउन्डेसन लाई तत्काल आवश्यक सहयोग होस भनेर सहयोग गरिएको  सस्थाका सम्योजक सन्जिब राईले  बताउनु भयो। सस्थाका सल्लाहकार हरि थपलिया ,उपाध्यक्ष आङछिरिङ शेर्पा तथा निबर्तमान कोषाध्यक्ष मोहनबिक्रम नेम्बाङले धुर्मुस-सुन्तली फाउन्डेसनमै गएर रकम हस्तान्तरण गर्नुभएको थियो। सामजिक कार्य संगै सामुहिक लगानिको अवधारणा सहित २०१७ मा दक्षिण कोरियामा स्थापना भएको न्यु भिजन ग्रुपले बिभिन्न सामजिक कार्य गर्दै आएको छ ।अग्निपिडित बालिकाको उपचारमा समेत  आर्थिक सहयोग गरेको थियो। किम्हे बुसानमा आयोजना गरि गरिएको न्यु भिजन साङ्गितिक सौगात-२०१८ बाट प्राप्त मुनाफाले नेपाल नेत्रहीन संघ केन्द्रिय कार्यलयलाई तालिमको लागि आवश्यक परेको  नेत्रहीन हरुले प्रयोग गर्ने बिशेष कम्प्युटर: ३-थान, त्यसै गरि तराईको सिराहा-सप्तरीमा नेत्रहीनले प्रयोग गर्ने सेतो छडि-७५-थान १ बर्ष अगाडि नै हस्तान्तरण गरिसकेको सस्थाका सचिब जिबन शर्मा सङ्गमले  बताउनु भएको छ।यो गर्मि बिदामा नया कार्यशैली र योजना सहित अधिबेशनको तयारीमा जुटेको सस्थाले नंया सदस्यता समेत खुल्ला गरेको छ । इच्छुक साथिहरुले सस्थाका प्रतिनिधिसङग सम्पर्क गर्नुहुन सस्थाका सदस्य उमेश राई ठुलेले आग्रह समेत गर्नुभएको छ ।
Loading...