Banner

मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाइ ‘न्युयोर्क नेपाली हेल्प पोष्ट’को रु.६ लाख सहयोग

 

न्यूयोर्कमा रहेका नेपालीहरुले एक आपसमा सहयोग आदान प्रदान                    गर्न सहज होस् भनि सुरुवात गरेको फेसबुक समुह ‘न्युयोर्क नेपाली हेल्प  पोष्ट’ले बाढी प्रभावित मेलम्ची र हेलम्बुका प्रभावित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

न्युयोर्कको तर्फबाट ‘न्युयोर्क नेपाली हेल्प पोष्ट’का एडमिन                                  तथा युवा सामाजिक अभियन्ता सोनम घिसिंग लामा र युवा सामाजिक             अभियन्ता दिनेश खतिवडाको संयोजन र नेपालको तर्फबाट युवा सामाजिक           अभियन्ता द्वय जमान लामा, पर्शुराम भण्डारी, लेखनाथखतिवडा र                         सौरभ खड्काको संयुक्त हातेमालो र प्रयासमा मेलम्ची र हेलम्बुका                          बाढी बाट क्षति भएका परिवारहरुलाई आर्थिक सहयोग गर्न सफल भएको हो । 

आइतबार हेलम्बुमा बाढी प्रभाबित २ वटा मृतक परीवार, आंशिक                             रुपमा क्षति भएका परिवार र पुर्ण रुपमा क्षति भएका परीवार गरी                      जम्मा ३७ परिवार र  मेलम्ची नगरपालिकाका पुर्ण र आंशिक रुपमा                      क्षति  भएका ४४ परिवारलाई कुल रकम रु. ६ लाख नगद हस्तान्तरण गरीएको छ ।

बाढीबाट विस्थापित भएको रेडियो मेलम्ची स्थापित गर्नका लागि                             समेत १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

सोनम लामा घिसिंग,न्युयोर्क नेपाली हेल्प पोष्टका एडमीन तथा युवा सामाजिक अभियन्ता “यो सहयोग म एक्लै र संयोजन समितीमाभएका               साथिहरुबाट मात्र सम्भब भएको हैन हामीले त सहयोगलागी हात मात्र                   अगाडी बढाएका थियौ तर म लगाएत हाम्रो समुहलाई हाम्रो‘न्युयोर्क नेपाली हेल्प पोष्ट’ मा रहनु भएका सम्पुर्ण सदस्यहरुको बलियो                               बिश्वाश र सहयोगको कारण सम्भब भएको हो, त्यसैले यो सहयोग कार्यक्रम सफल हुनुको श्रेय समुहका सम्पुर्ण सदस्यहरुलाई दिन चाहन्छु”। 

सहयोग रकम ग्रहण गर्दै रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोगी दाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

Loading...