
तालिवानले अफगानिस्तानको राष्ट्रपति भवन कब्जा गरेको छ ।
साउन ३२, काठमाडौँ । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्नासहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।
राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि घानी देश छाडेर ताजिकिस्तानतर्फ भागेकोजनाइएको छ । अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्दै शासन थाल्नेतालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकी सेनाले छाडेको ४५ दिनमै तालिबानले पूरै अफगानिस्तान कब्जामा लिएको हो । अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमालिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ शहर प्रवेश नगरी काबुलकोप्रवेशद्वारमा रहे पनि शहरमा लुटपाट हुन नदिन लडाकुलाई शहर पस्न अनुमति दिएको थियो ।
तालिबान प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दालाई नडराउन भन्दै बदला नलिने बचन दिएका छन् । विदेशी कूटनीतिकनियोगका कार्यालय र तिनका अधिकारीहरुमाथि पनि केही नगरिने भन्दै तालिबानले सुरक्षा सुनिश्चितता हुने बताएका छन् । उता, अन्तर्राष्ट्रिय विमानस्थलमा भने अफगानिस्तान छाड्नेहरुको भागदौड चलेको छ । तालिबानले देश कब्जा गरेपछि त्रासमा जीवन जोगाउनअफगानिस्तान छाड्न चाहनेहरुको रुवावासी पनि चलेको छ ।