
अमेरीकाले अफगानिस्तान बाट उद्दार गरेका १२७ नेपाली काठमाण्डौ आईपुगेका छन्
काठमाण्डौ, अमेरीकाले आफ्नो चार्टर बिमान द्वारा अफगानिस्तानमा कार्यरतएक सय सत्ताईस (१२७) जना नेपालीहरुलाई उद्दार गरीमंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल अबतरण गराएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीलेजानकारी दिए ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएकोमा १२७जना नेपाल आइपुगेका हुन् ।
नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रैस्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयलेजनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।