
Fox News ले देखेको, नेपाली मिडीयाको छॅायामा परेकी मिस टिन ईस्ट कोस्ट मिंग्मा लामा
मकै हाउस न्युज, अमेरीका ब्युरो
मिंगमा लामा, काठमाण्डौको चाबहील स्थित ओम अस्पतालमा जन्मिएका हुन् ।२०१५ मा अमेरीका प्रबेश गरेकी १६ बर्षिया मिंग्मा हाल न्युयोर्कको क्विन्समा आमार बाबा संगै बस्दै आईरहेकी छिन् । लंग लाईल्याण्ड सिटि हाई स्कुलमा कक्षा ११मा अध्ययनरत मिंग्माले आफ्नो टिनएजर मोडलिंग जिबन सुपर सिक, फ्लोरिडाले न्युयोर्कको फ्लसिंगमा रहेको शेराटन होटलमा आयोजना गरेको “न्युयोर्क फेशनविक २०२१” बाट सुरुवात गरेका हुन् ।

युएस नेशन प्याजेन्ट,फ्लोरिडाको आयोजनामा न्युयोर्कको फ्लसिंग स्थित शेराटन होटलमा जुन २६,२०२१ मा भएको उत्तर अमेरीकाब्यापी “युएस नेशन प्याजेन्ट २०२१” मा नेपाली १६ बर्षिया चेलीले न्युयोर्क राज्यको प्रतिनिधित्व गर्दै ‘मिस टिन ईस्ट कोस्ट २०२१’ कोउपाधि जितेको हो । उपाधि संगै मिंग्माले अक्टोबर २४, २०२१ मा नेभाडा राज्यको लस भेगासमा हुने “नेशनल ब्युटी प्याजेन्ट २०२१” संयुक्त राज्य अमेरीका, ईस्ट कोस्ट अन्तर्गत पर्ने १४ वटा राज्यलाई प्रतिनिधित्व गर्नेछिन् ।

मिंग्मा भन्छिन् :- “मलाई मिडीया र प्रचार प्रसार केहो थाहा छैन तर मलाई एति थाहा छ म मात्र हैन बिदेशमा बस्ने हरेक बिशेष गरी मेरो उमेरको नारीहरुले आफ्नो ब्यक्तिगत बिकासको संगै नेपालको नाम चिनाउन पनि हरतरहको प्रयास गर्छ भने एउटा नेपाली भएको नाताले पनि नेपाली मिडियाहरुले हाम्रो हौसला र उत्प्रेणाको लागी समाचार र अन्तरवार्ताहरु बनाएर सहयोग गर्नु पर्छ जुन अमेरीका केन्द्रित मिडिया हाऊस जस्तै ‘Fox News’ जस्ता संसार भर लोकप्रिय मिडिया हाऊसले गरेको छ”
आगामी अक्टोबरमा हुने “नेशनल ब्युटी प्याजेन्ट २०२१” मा ‘मिस टिन अमेरीका २०२१’को उपाधि जितेमा मिंग्मा अमेरीकामा हुने सुन्दरी प्रतियोगिता जित्ने पहिलो कान्छि नेपाली चेली हुनेछीन् ।