
अस्ताए जनवादी गायक जे बी टुहुरे
- काठमाण्डौ, कति बस्छौ दासी भई …’ जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारको क्रममाबिहीबार निधन भएको हो ।
कलंकीमा रहेको आफ्नै घरमा भदौ १ का दिन एक्कासी पक्षघात भई लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएकाथिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो।
फोक्सो,मुटु,उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन । बिहीबार उपचारको क्रममा उनको मृत्युभएको हो ।