
किरण मरहठ्ठाको नेतृत्वमा “टिभी सन्डे” आईतबार बृहत उद्घाटन कार्यक्रम
मकै हाउस न्युज, अमेरीका ब्युरो
नेपाल रहदा लामो समय टेलिभिजन पत्रकारितामा आफ्नो जिबन खर्चेका किरण मरहठ्ठाले अमेरिकामा अनलाइन टेलिभिजन संचालनमाल्याएका छन् । आफ्नो पत्रकारिता पेशालाई अमेरीका बसाई संगै निरन्तरता दिदै आएका मरहठ्टा अमेरीका पत्रकार संघ (नेजा)कामहासचिव पनि हुन् ।
चितवनको कालिका नगरपालिका निवासी किरण मरहठ्ठाको नेतृत्वमा हाल परिक्षण प्रसारणमा रहेको अनलाइन टेलिभिजन टिभी सन्डे(tv sunday) को ज्याक्सन हाइट्स ७७ स्ट्रिट र ३७ एभिन्युमा अबस्थित जुईस सेन्टरको हलमा आइतबार, २९ अगष्ट २०२१ माऔपचारिक रुपमा उद्घाटन हुन लागेको छ ।
समावेशी मासिक तथा अनलाइनका समेत अमेरिकाका प्रतिनिधि किरण मृदुभाषी, सहयोगी र निकै परिश्रमी पनि छन् । अमेरिकामा निकैलोकप्रिय बन्दै गरेका किरणले संचालनमा ल्याउन लागेका टिभी सन्डेलाई मकै हाउस अनलाईन टिभी र न्युजको तर्फबाट शुभकामना ।