
गायिका मिंग्स लामाको ‘जिबन एउटा यात्रा हो’ सार्बजनिक (भिडियो सहित)

मकै हाउस न्युज
बिगत १ दशक देखि सांगितिक यात्रामा कदम चालेकी गायिका मिंग्स लामाको ‘जिबन एउटा यात्रा हो’ बोलको गितको म्युजिक भिडियोसार्बजनिक भएको छ ।
गितको शब्द स्वयं गायिका लामाले लेखेकी हुन् । भने एरेन्ज राहुल प्रधान र गितको मिक्सिंग दिनेश श्रेष्ठले गरेका हुन् ।
मोडल द्वय संजय थापा मगर र आयुष्मा कार्कीले अभिनय गरेको म्युजिक भिडियोमा मेकअप सर्मिला सुनुवारले सम्हालेकी हुन् । भनेछायांकन राज महर्जनको रहेको छ । कलर/सम्पादन र निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।
म्युजिक भिडियो हाईलाईट्स नेपालको आधिकारिक युट्युब च्यानेल बाट सार्बजनिक गरीएको हो ।