
मलाई हृदयाघात भएको समाचार असत्य हो : वसन्त चौधरी
प्रसिद्ध उधमी तथा साहित्यिकार वसन्त चौधरीले आफूलाई हृदयाघात भएको भन्ने खबर पूर्णतः असत्य हो ।
‘म घुमफिर गर्ने उद्देश्यले तीन दिनअघि दुबई आएको हुँ, हृदयाघातको खबर एकदमै निराधार हो’ चौधरीले भन्नुभयो– म यहाँ उपचारकालागि आएको पनि होइन, उपचार गर्नैपरे आफ्नै नर्भिक छँदैछ ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष चौधरीले कोरोना कहरका कारण जीवन नै अलिकति गुम्सिएजस्तो भयो, रिफ्रेस हौंभनेर यहाँ आउँदा यहाँको पनि स्वास्थ्य सेवा लिन सामान्य हेल्थ चेकअप चाहिं गराएको हुँ, उहाँले भन्नुभयो, ‘मलाई केही भएको देखिएन।’ एन्जियोग्राफीमा सामान्य समस्या देखिए पनि यो गम्भीर नभएको बुझिएको छ ।
स्रोत:- नेपाल समाचार पत्र