
गायक कर्णराज गिरीको आफ्नै बास्तबिक घटनामा आधारित “आमा” सार्बजनिक
मकै हाउस न्युज, न्युयोर्क
भ्वाईस अफ नेपालबाट एकाएक चर्चामा आएका गायक कर्ण राज गिरीकोपहिलो सांगितिक कोसेली स्वरुप “आमा”बोलको गित र भिडीयो सार्बजनिकभएको छ ।
कर्णराज गिरीको सुमधुर स्वरमा सजिएको उक्त गितमा शब्द र संगित किरण माईकल घिमिरेको रहेको छ । भने एरेन्ज साहस शाक्य, ब्याकग्राऊन्ड स्कोर बिनय कार्की (आरोही ईन्टरटाईन्मेन्ट) र मिक्सिंग मास्टरिंग चन्द्र चौधरीको रहेको छ ।
म्युजिक भिडीयोमा स्वयं गायक कर्णराज गिरीको अभिनयको साथै सरिता राज उपाध्याय, सन्तोष केसी, राज चाम्लिंग राई, सुनिल थापामगर र सुरेश कोहीलले अभिनय गरेका छन् । भने बाल कालाकारमा प्रियंस कंडेलको अभिनय देख्न सकिन्छ ।
शशान कंडेलको निर्देशन र श्याम पोखरेलको (प्रोड्युसर) लगानिमा तयार भएको उक्त म्युजिक भिडीयोलाई बुद्ध थापाले छायांकनगरेका हुन भने सम्पादन बिकास दाहालको रहेको छ । र मेकअप जिन्सोन क्षेत्रीले गरेका हुन् ।
गायक कर्णराज गिरीको आफ्नै यथार्थ घटनामा आधारीत गीत यस “आमा” बोलको गित र भिडीयोमा आफ्नै बास्तविक कथा समेटिएकोछ । र गायक गिरीले ‘सम्पूर्ण आमाहरुमा समर्पित गर्न चाहन्छु’ लेख्दै आमाप्रति भक्तिभाब र सम्मान पनि ब्यक्त गरेका छन् ।
म्युजिक भिडीयो आफ्नै ‘कर्णराज गिरी अफिसियल’ युट्युब च्यानेलबाट सार्बजनिक गर्नु भएका गायक गिरीले सम्पुर्णको मायाकोअपेक्षा समेत गर्नु भएको छ ।
गायक कर्णराज गिरीको यस् पहिलो सांगितिक कोसेली स्वरुप “आमा” बोलको गित, भिडीयो र गायक गिरीको आगामी सांगितिकजिबन उज्वल भबिष्यको शुभकामना ब्यक्त गर्दछौ
मकै हाउस अनलाईन टिभी र न्युज परिवार ।
म्युजिक भिडीयो ?