
एनआरएनए, न्युयोर्क च्याप्टरको आयोजनामा डा. गोबिन्द केसी संग अन्तरक्रिया कार्यक्रम न्युयोर्कमा हुने

मकै हाउस न्युज,न्युयोर्क
एन.आर.एन.ए., एन.सि.सि. युएसए न्युयोर्क च्याप्टरको आयोजनामा प्राध्यापक/डाक्टर तथा सामाजिक अभियन्ता गोबिन्द केसी संगको अन्तरक्रिया कार्यक्रम तथा सोलिडारिटी फर डा. गोबिन्द केसी मुभमेन्ट एलाईन्स, ईन्टरनेशनल समर्थनको निमित्त निम्न मिति,समय र स्थानमा कार्यक्रम गरिने भएको

मिती:- अक्टुबर २,२०२१ (शनिबार)
समय:- बेलुका ६:०० – ८:०० बजे सम्म
स्थान :- ज्विस सेन्टर, ज्याक्सन हाईट्स
३७–०६ ७७स्ट्रिट, ज्याक्सन हाईट्स
न्युयोर्क, ११३७२

प्रा.डा. केसीका सहयोगी पत्रकार सरगम भट्टराईका अनुसार-“डा. केसीको अभियानको उदेश्य, हाल सम्म भएका गतिबिधि र उपलब्धिहरु, अभियानलाई प्रभावकारी ढंगले कसरी लाने भन्ने बारे भाबी योजना र आगामी कार्यक्रम बारे अन्तरक्रिया हुनेछ शनिबारको कार्यक्रममा, भट्टराईले थप्दै डा. केसीले थाल्नु भएको अभियान एउटा ब्यक्ति र एउटा समुदायको मात्र हितमा नभई नेपाल र सारा नेपालीको हितमा भएकोले डा. केसीको यस् पबित्र अभियानको समर्थन र सम्मानको लागी न्युयोर्क र आसपासको क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाई उपस्थितीको लागि आग्रह पनि गर्नु भएको छ ।”