
साफ खेलमा नेपालको मालदिभ्स माथि ऐतिहासिक जित

माल्दिभ्सको मालेमा भईरहेको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराउदैऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो ।
खेलको ५९ औं मिनेटमा किरण लिम्बूले उत्कृष्ट बचाउ गरेर नेपाल ०–१ हुन बाट बचाएका थिए । नेपालका लागि सब्स्टिच्युट खेलाडीकारूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले खेलको ८६औं मिनेटमा मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाईकटाएर गोल गरेका हुन् । गोल संगै नेपालले माल्दिभ्स माथी ईतिहासमा पहिलो पटक जित दर्ता गराएको हो । जित पछी बंगलादेशसँगैनेपालले पनि ३ अंक जोडी शीर्ष स्थानमा रहेको छ ।
मालदिभ्सको मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले खासै उत्कृष्ट अवसरहरु श्रृजना गर्न सकेका थिएन। तर खेलको दोश्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो र अन्तमा नतिजा आफ्नो पक्षमा पार्न सफल रहयो ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।