
आस्था राउत, यम बराल र बिक्की गुरुंगले न्युयोर्क तताउदै
मकै हाउस न्युज,
न्युयोर्क, गायिका तथा भ्वाईस अफ नेपाल २ का निर्णायक आस्था राउत, सदाबहार गायक यम बराल र न्युयोर्कमा जमेका गायक बिक्की गुरुंगले नोभेम्बर ६,२०२१ का दिनन्युयोर्कमा आफ्नो जादुमयि स्वरले न्युयोर्क तताउने भएका छन् ।


१७ ब्रोदर्सको आयोजनामा ‘दिपावली सॅाझ २०७८’ नोभेम्बर ६,२०२१ का दिन १३–०५ ४३एभिन्यु, क्विन्स, न्युयोर्क १११०१ स्थित फाईभस्टार ब्यान्क्विट हलमा सॅाझ ७:०० बजे बाट सुरु भई मध्य रातको २:०० बजे सम्म चल्ने उक्त सांस्कृतिक कार्यक्रममा सदाबहार गायक यम बराल, गायिका आस्थाराउत र गायक बिक्की गुरुंगले आफ्नो प्रस्तुती दिने भएको छ । आस्था र बिक्की संगै स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहनेकार्यक्रमको अन्त्यमा डिजे एल.एस र डिजे कर्माले माहौल रंगिन बनाउनेछन् ।

टिकटमा तोकिएको मुल्यमा नै डिनर र असिमित पेय पदार्थ समेत उपलब्ध हुनेछ ।
जाने हैन त ?