
जुवा खेलिरहेको अवस्थामा नेता र पत्रकार सहित १५ जना भक्पतपुरमा पक्राउ
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका(८ सुडाल पुरीगाउँस्थितमणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगद सहित नियन्त्रणमा लिएकोमहानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने२५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीयजनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्वर थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका(२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् । ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा केही राजनीतिक दलसम्वद्ध युवा र केही पत्रकार समेत रहेका छन् । यसअघि पनि चाँगुनारायणबाट केहीयुवानेतालाई प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो ।
प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पनि पटक(पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाटखुल्न आएको प्रहरीको भनाइ छ ।