Banner

वीपी संग्रहालय सुन्दरीजलका अध्यक्ष पोखरेलको काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

मंसिर २२, काठमाडौँ  । वी.पी  कोइराला संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेलले आसन्न १४औँ महाधिवेशनमा खसरआर्य समुहवाट केन्द्रीय सदस्यमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन।

लोकतन्त्रका लागि वी.पी  बाद अभियान सञ्चालन गरी देशभर बिपीको विचार प्रचार गर्न अगुवाइ गर्दै देशभर काँग्रेसको पक्षमा जनलहर सृजना गर्न अगुवाइ गरेका पोखरेल काँग्रेस भित्र बौद्धिक नेताको रूपमा परिचित छन  । सबै संग घुलमिल हुन सक्ने खुबी भएका पोखरेलले सुन्दरीजल जेललाई वी पी संग्रहालयमा रूपान्तरण गर्नको लागी ०४७ साल देखि ०६१ साल सम्म गरि  १४ बर्ष सम्म निरन्तर लागेका थिए त्यो बेलाको शाही नेपाली सेनाले पिटेर ब्यारेकमा थुन्ने देखि लिएर १४ बर्षको उमेरमा पटक पटक सेनाको पिटाई खाएको तितो अनुभब पनि उनी सङ छ।

वी पी,गणेशमान सिंह किसुनजी, जमान सिंह गुरूङ,दिवान सिंह राई,प्रेमराज आङदेम्बे योगेन्द्रमान शेरचन,राम नारायण मिश्र,सूर्य प्रसाद उपाध्याय,शिबराज पन्त जस्ता १० जना राज नेताहरूलाई राजा महेन्द्रले १७ सालको कू पछी थुनेको जेललाई संग्रहालय बनाउने  काममा सेना संग भिडी रहेका उनि  २०३६ सालको जनमत संग्रहमा सुन्दरीजलको सभापति बनेका थिए भने २०६१ मा क्षेत्रीय सभापति,महासमिती सदस्य बनेका थिए ।

 

२०६२ सालमा निरंकुश राजतन्त्र बिरोधि आान्दोलनको जोरपाटी,चाबहिल र सरस्वति नगर मोर्चाको नेतृत्व गरेका थिए भने ०६१ सालमा पार्टीको निर्देशनमा लोकजागरण कार्यक्रम लिएर रुकुम,रोल्पा,सल्यान,जाजरकोट जस्ता माओबादी यूद्धको अति प्रभाबित जिल्लाहरु पुगेका उनले पार्टीको अबस्था र नेता कार्यकर्ताको समस्या बारेमा पार्टीमा प्रतिबेदन बुझाएका  थिए ।

उनले  लोकतन्त्रलाई स्थापित र स्थायित्व दिनको लागी वी पी बादलाई (समाजबाद) लाई गॉऊ घर सम्म पुर्याउन,वी पी संग्रहालय सुन्दरीजललाई लोकतान्त्रीक अध्ययन केन्द्रका रूपमा बिकसित गर्न,नेपाली कॉंग्रेस भित्रको क्रियासिल सदस्यमा देखिन आएको समस्यालाई नेता कार्यकर्ताले अनसन बस्न नपर्ने गरी समस्या समाधान गर्ने तिर नेताहरूलाई अग्रसर गराउन, यी बाहेकबिद्यार्थीका,किसानका।मजदुरका,बिपन्न बर्गका,ज्येष्ठ नागरिकका,एकल महिलाका,बालबालिकाका,पेशागत ब्यबसायिक समुहका,बिषयगत सबै राष्ट्रसेवक  कर्मचारीबर्गका हक हितका लागी कार्य समितीको बैठकमा प्रस्ताब पेश गरी पास गराउने तर्फ केन्द्रित हुनको लागि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन लागेको उनि बताउछन । उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको बताउने पोखरेलले केन्द्रीय सदस्यमा  सहयोग गर्न सबै महाधिवेशन प्रतिनिधिहरुलाई  अपिल गरेका  छन  ।

Loading...