Banner

गायिका रानी शाक्यको ‘यस्तो माया ’ सार्वजनिक

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।गायिका रानी शाक्यको ‘यस्तो माया ’ बोलको भिडियो सार्वजनिक भएको छ ।

गायिका/डा. रानि शाक्यको ‘यस्तो माया’ बोलको गितमा गायिका रानी शाक्यलाई युगल स्वरमा गायक अलिफ खानले साथ दिएकाछन् । गीतकार निशा अर्यालको शब्द र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ ।

र्यान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा कलाकार द्वय नम्रता सापकोटा र कमल सिंहले अभिनय गरेका छन् ।

नेपाल, दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको उक्त गीतको  भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन भनेबिष्णु खड्काले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोलाई गायिका/डा. रानी शाक्यको अफिसियल युट्युब च्यानल “Rani Shakya” मार्फत सार्बजनिक गरिएको हो ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?

 

Loading...