Banner

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा यो बर्षको उधौली चाड संगै ‘यलम्बर साँझ‘ भब्यरुपमा सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

 

सुरेश चाम्लिङ्ग,

टेक्सास अमेरीकामा मनाइयो उधौली चाड संगै ‘यलम्बर साँझ‘ युनाइटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिका ट्याफ लोकल च्याप्टरले किराती राईहरुको महान चाड साकेला  उधौली  ‘यलम्बर साँझ’ तेश्रो टेक्सासमा भब्य रुपमा सम्पन्न गरेको सभालाई सम्बोधन गर्दै अर्गनाइजेसनका केन्द्रीय सभापती मुना राईले हामी २८ भाषी किरात राईहरु जहाँ रहे पनी सुम्नीमा पारुहांगको  सन्तान भएको पितृ पुजक,तीन चुला पुज्ने भएकोले हाम्रा तीनै धर्म संस्कार संस्कृतीको जगेर्ना गर्ने उदेश्यले अमेरीकामा संस्थाको जन्म भएको कुरा बताउनु भयो

हालै अमेरीकाको केही राज्यहरु टेक्सास, अर्कान्सास   फ्लोरिडामा पनि  संगठनको शाखा बिस्तार गरी ट्याफ लोकल च्याप्टर गठनगरिएको कुरा पनि ब्यक्त गर्नु भएको थियो।

बोल्ने क्रममा कुरालाई जोड्दै अहिलेको २१ सताब्दीमा बिश्वब्यापीकरण हुदै गईरहेको संसार साघुरिदै गईरहेको अवस्था   हामीले नेपाली अनी चार बर्ण छतिस जातको फुलबारीको माली हामीले हाम्रो संस्कार,रितिरिवाज,भाषा,भेषभुसा पहिचानको जगेर्ना गर्दैभावी पुस्ताको पुस्तान्तरण गर्नु पर्ने चुनौती हामी माझ अमेरीकाको नियम कानुन यहाको संस्कार   संस्कृतीको पनि पालन गर्दैअन्तररास्ट्रीय भातृत्वको बिस्तार गर्नु पनि हामी माझ ठुलो चुनौती बिषय रहेको राईले बताउनु भयो

अर्का वक्ता अर्गनाइजेसनका संस्थापक सभापती तथा एन आर एन अमेरीकाका पुर्व सभापती शिब कुमार राईले संस्थाको स्थापना किनआवश्यक भयो स्थापना काल देखि अहिलेसम्मको चुनौती कठिनाइ बारे प्रकाश पार्दै उहाले नव नियुक्त ट्याफ समीतीका कार्यकारिसमितिका सदस्यहरुलाई शपथ ग्रहण समेत गराउनु भएको थियो

संस्थाका पुर्व केन्द्रीय सभापती तथा साकेला थान निर्माण समीतीको संयोजक बिष्णु राईले साकेला उधौली उभौली पर्व किन मनाउने यसको महत्व बारेमा प्रकाश पार्दै अमेरीकामा साकेला थान  किन आवस्यकता भन्ने बारेमा प्रस्ट पार्नु भयो

सोही समारोहमा साकेला थान खरीदको लागी उहाले अमेरीकी डलर $५००१.०० नगद सहयोग गर्नु भएको थियो भने अन्य दाताहरु मुक्तिराई अमेरीकी डलर $५००१.००, शिब राई अमेरीकी डलर $५००१.०० चन्द्र राई अमेरीकी डलर $५००१.०० सहयोग गर्ने प्रतिबद्दता ब्यक्तगर्नु भएको थियो भने सभापती मुना राईले सिडमनीको रुपमा पहिले नै अमेरीकी डलर $५००५.०० उपाध्यक्ष जी.एस. राईक्यालिफोर्नियाले अमेरीकी डलर $२५००.०० सहयोग गर्नु भएको थियो अन्य दाताहरु देउसी भैलो लगायत कार्यक्रमबाट लगभगपचास हजार अमेरीकी डलर संकलन गरिएको कुरा पनी जानकारी गराइएको थियो

एन.आर.एन. अमेरीकाका पुर्व अध्क्ष सुनील साहले साकेला उधौलीको शुभ कामना दिनु हुदै, युनाइटेड  किरात राई अर्गनाइजेसनलेकिरात भाषा, धर्म, संस्कृतीको संरक्षण गर्नुका साथै एन.आर.एन. अमेरीकाको जग बसाउने नेता पनी जन्माएको कुरा बताउनु भयो

दुइ चरणमा गरिएको उक्त कार्यक्रमको सभापतीत्व ट्याफ च्याप्टर सभापती दमकाजी राई स्वागत मन्तब्य च्याप्टर उप सभापती गौरबराई कार्यक्रमको संचालन महासचिव जय राई, शेखर राई  सदेश राईले गर्नु भएको थियो

उक्त कार्यक्रममा बिभिन्न लोकल च्याप्टरका प्रतिनिधीहरुले  बोल्नु भएको थियो केशब राम राई न्युयोर्क, राम राई क्यालिफोर्निया, मुक्ति राई न्युहेम्प्शायर,सल्लाहकार तेज राई लगायतका वक्ताले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो दोश्रो चरणको कार्यक्रममाकलाकारहरुले उत्साहपुर्ण   साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो   कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनीधीहरु आमन्त्रित पाहुनाहरु सहभागी हुनुहुन्थ्यो भने अर्गनाइजेसनका बिभिन्न च्याप्टरहरु बोस्टन केपकोट, न्यु हेम्प्शायर, भर्जिनिया,न्युयोर्क, नेब्रास्का, क्यालीफोर्निया लगाएतका राज्यहरुबाट सहभागिता जनाएका थिए

Loading...