Banner

चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागु औषध सेवन गरेको आरोपमा पक्राउ

 

मकै हाउस टिभी एण्ड न्युज,

पोखरा । ‘रअ बाज’ र्‍याप ब्याटलपछि एकाएक चर्चामा आएका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषध सेवन गरेको आरोपमापोखरास्थित न्युरोडबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित चारजनालाई नियन्त्रणमा लिइएकोजानकारी दिए । उनका अनुसार लाउरेको साथबाट लागुऔषध भने फेला परेको थिएन । तर, लागुऔषध सेवनमा संलग्न देखिएपछि हिरासतमा लिइएको उनले बताए ।

“अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । उहाँहरु संलग्न हो कि हैन अनुसन्धानपछि मात्रै थाहा होला,” उनले भने ।

“लाउरे” हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा मुख्य भुमिकामा अभिनय पनि गरेका छन्।

Loading...