Banner

नेतालाई गोली हान्ने धम्की दिएको आरोपमा एसपी निलम्बित

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं  सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागे पछी  छानबिनमा परेका  प्रहरी उपरीक्षक(एसपीहिराबहादुर पाण्डेलाई  प्रहरी प्रधान कार्यालयले तीन महिनाको लागि निलम्बन गरिएको हो 

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाईतीन महिना निलम्बन गरिएको बताए  उनले भने, ‘समिति बनाएर अब छानबिन हुन्छ 

अहिले सिरहा प्रहरी प्रमुखका रूपमा एसपी अर्जुन तिमल्सिनालाई खटाइएको  भने एसपी पाण्डेलाई प्रहरी मुख्यालय तानिएको  

सिरहा जिल्लाको कांग्रेस सभापति यादवले विज्ञप्ति जारी गर्दै 

 सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी पाण्डेले मादक पदार्थ सेवन गरी आइतबार राति पाण्डेलेघरमै आएर अपशब्दगालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका थिए  ज्यान मार्ने धम्की दिएको भन्दै यादवले जिल्ला प्रहरीकार्यालय सिरहामा एसपी पाण्डेविरुद्ध जाहेरी दिएका थिए 

Loading...