Banner

पूर्वयुवराज्ञी हिमानी अमेरीका आउदै, उपराष्ट्रपती कमला ह्यारिसलाई भेट्ने कार्यक्रम

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी शाह छोरा हृदयेन्द्र विक्रम शाहलाई अमेरिकामा अन्डरग्य्रजुएसनको अध्ययनका लागिविश्वविद्यालय भर्ना गराउनका लागि यही जनवरी १७,२०२२ का दिन अमेरिका आई पुग्ने बताइएको छ।

अमेरिका आएका बेला उनले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससँग भेटघाटको लागि प्रयास गरेकी छिन्।

स्रोतका अनुसार, ह्वाइटहाउस स्टेट डिपार्टमेण्टको तर्फबाट भेटघाटको मिति तय भईनसकेको भए पनि भेटघाटको लागी भने  सकारात्मक संकेतको जानकारी प्राप्त भएको भेटघाटका लागि संयोजन भने हिमानी फाउण्डेसन, अमेरीका च्याप्टरले संयोजनकोकाम गरिरहेको बताइएको छ। त्यस्तै पूर्वयुवराज्ञी हिमानीले न्यूयोर्क बसाइका क्रममा संयुक्त राष्ट्र संघका उच्चअधिकारीहरुसँग पनि भेटगर्ने इच्छा जाहेर गरेकी छिन्। यसका लागि पनि प्रयास भइरहेको बताइएको छ।

जनवरी १९ का दिन वासिंगटन डिसी मेट्रो एरियामा हिमानी ट्रष्टको कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भने भ्रमण जनवरी २८सम्मका लागि तय भएको छ।

न्यूयोर्कमा जनवरी २६, २७ मा विभिन्न कार्यक्रमहरु तय गरिएका छन्। न्यूयोर्कको कार्यक्रमलाई नेपाली मूलका चर्चित फेसन डिजाइनरप्रवल गुरुङ समेतले सक्रियता पूर्वक व्यवस्थापन गरिहेको बताइएको छ।

लिंकन स्कूलबाट १२ कक्षा पास गरेका पूर्व नवयुवराज हृदयेन्द्रविक्रम शाहलाई भने बोस्टन,ओहायो वा न्यूयोर्कमध्येको एउटाविश्वविद्यालयमा भर्ना गराउने तयारी भइरहेको छ।आजभोलि टुंगो लाग्छ’, निर्मल निवास स्रोतले भन्यो।

Loading...