Banner

पोर्चुगलमा राजन खनालले आफु वकिल भएको धम्कि दिदै नेपाली चेली माथि कुटपिट

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

लिस्बोन, पोर्चुगल गैर आवासिय नेपाली संघ पोर्चुगलका निबर्तमान कानुनी सल्लाहकार राजन खनालले एक नेपाली चेलीलाई कुटपिटगरेका छन्। निज खनालले एक नेपाली चेलीलाई दिउसै कार्यालयभित्रै दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन्।

को हुन् खनाल ?

कानूनी व्यवसायीको रूपमा आफ्नो परिचय दिन रूचाउने खनाल नेपालमा तनहुँ कोत्रे निवासी हुन्। लिस्वन स्थित NRC एड्भाेकेडमाकार्यरत खनालले शुरुवातीका दिनमा आफुलाई युरोपकै पहिलो नेपाली वकिल भनेर आफुले चिनेजानेका अनलाइनहरुमा झ्यालीपिटेका थिए। पोर्चुगलमा शुरुवातिका दिनमा खेतीमा काम गरेका खनालले आफुलाई युरोपकै पहिलो नेपाली वकिल भनेर झ्यालीपिटेपछि त्यसको सामाजिक संजालमा चर्को आलोचना भयो। त्यसपछि खनालले ति समाचारहरु हटाउन लगाएका थिए

NRC एड्भोकेड कार्यरत खनालले शुरुवातीका दिनमा आफु नै उक्त फर्मको मालिक बताउदै आएतापनि उक्त फर्मको सेवा खनालको आलोचना बढ्दै गएपछि आफु कर्मचारी मात्रै भएको बताउदै आएका छन्।

गैर आवासिय नेपाली संघ पोर्चुगलको २०१९२१ कार्यकालमा तत्कालिन अध्यक्ष तिलक गैरेले खनाललाई संघको कानुनी सल्लाहकारमामनोनित गरेका थिए। खनाललाई संघमा मनोनित गर्न कार्यसमितिमा प्रस्ताव गर्दा सामाजिक छवी राम्रो नभएका व्यक्तिलाई मनोनयननगरौ भनेर संघभित्र ठुलै बहस आलोचना भएतापनि अध्यक्ष गैरेले जबरजस्ती आफ्नो शक्तिको दुरुपयोग गर्दै खनाललाई संघकोकानुनी सल्लाहकारमा मनोनित गरेका थिए। तत्कालिन अध्यक्ष गैरेले मनोनित गरेका सबै पदाधिकारीहरु कुनै कुनै काण्ड अपराधमामुछिएका छन्। राजनैतिक शक्तिको दुरुपयोग गर्दै आफ्ना कर्तुतहरु लुकाउने समाजसेवी कहलिने थलोको रुपमा एनआरएनए पोर्चुगलएक हब बनेको छ। गैरेले शक्तिको दुरुपयोग गर्दै अनधिकृत अनलाइन भोटिंगको हवाला दिदै संघलाई दुई चिरामा समेत विभाजितगरिदिएका छन्।

खासमा के हो घटना ?

पिडित नेपाली युवती खनाल एउटै कार्यालयमा काम गर्छन। खनालले ति नेपाली युवतीलाई लामो समयदेखि ह्यारस गर्दै आईरहेकाथिए। उनि समय समयमा ति युवतीलाईआफुसंग अथाह पैसा भएको आफ्नो कान्छी श्रीमती बनाउने चाहना भएको भन्ने गर्थे। तियुवतीले सधै खनालको प्रतिकार गर्दै आईरहेकी थिईन्। ति युवतीले भोइस अफ नेपालसँग कुराकानी गर्दै भनिन् , ” कार्यस्थलमाह्यारस्मेण्ट बढ्दै गएपछि एकदिन मैले फर्मका मालिक तथा वकिल नुनु आर कोर्रेइआसंग सबै कुरा भने। त्यसपछि नुनुले राजनलाईसम्झाएको चेतावनी समेत दिएको बताए।

१५ जनवरी २०२२ घटना भएको दिन ति नेपाली युवती आफ्नो कार्यालयमा काम गर्दै थिईन्। लामो समय बिदापछि नेपालबाट फर्केकाखनालको कार्यालयमा इन्ट्री भयो उनले ति नेपाली युवतीलाई गालीगलौच कुटपिट गर्न शुरु गरे। युवतीले आफ्नो गल्ति के हो , किनगाली गरेको पिटेको भन्दा पीडक खनाललेतैले त्यो म्यासेज किन गरिस् , तैले त्यो म्यासेज किन गरिस् ? ” भन्दै कराएको भिडियोभोइस अफ नेपाललाई प्राप्त भएको छ।

 

(खनालको कुटपिटबाट नेपाली चेलीको अनुहारमा परेको निलडाम)

 

पीडितका अनुसार आफुलाई नेपाली कानुन व्यवसायी समेत भनेर चिनाउने खनालले आफुलाई विगत केही समयदेखीनै शारीरिक तथामानसिक रूपमा यातना दिदै आईरहेका थिए।

पिडित युवतीले घटनाको खबर फर्मका मालिक नुनुलाई जानकारी गराएपछि आफुले केही पनि गर्न नसक्ने प्रहरीमा गएर उजुरी गर्नसुझाएको बताईन्।

खनालको कुटपिटबाट ति युवतीको शरीर अनुहारमा निलडाम समेत भएको छ। प्रहरीमा उजुरी गरेपछि प्रहरीकै सहयोगमा उनकोस्वास्थ्य चेकजाँच उपचार समेत भएको छ।

घटना बाहिर ल्याए टुक्राटुक्रा पारिदिएर मारिदिने धम्की :

पिडित युवतीका अनुसार एनआरएनए पाेर्चुगलका पुर्व कानुनी सल्लाहाकार समेत रहेका खनालले लामो समयदेखि आफुमाथिदुर्व्यवहार गर्ने गरेको कहिँ कतै भनेमा ज्यान मार्ने धम्की समेत दिने गरेको उल्लेख गरेकी छिन् पोर्चुगलको डन हुँ, मेरो रातोपासपोर्ट , तैँले कही गएर पनि केही गर्न सक्दैनस्, अन्त कतै गएर भनिस भने तेरो ज्यान टुक्राटुक्रा पारेर फालिदिन्छुभन्दै धम्क्याउनेगरेको बताएकी छिन्

तर श्रोतका अनुसार निज खनाल पोर्चुगलमा अस्थाई आवास भिषामा रहेको पोर्तुगाली नागरिकता प्राप्त गरेका छैनन्।

 

ह्यारसमेन्टको प्रतिकार गर्दा चड्कन देखि प्रहरीसम्म उजुरी :

एनआरएनए पोर्चुगलका पुर्व कानुनी सल्लाहाकार खनालले लामो समदेखि ह्यारसमेन्ट गर्ने प्रयास गरेका कारण ति युवतीले निरन्तरप्रतिकार गर्दै आईरहेकी थिईन्। आफ्नै रोजगारदातालाई आफुलाई खनालले ह्यारसमेन्ट गर्ने गरेको नानाभाती प्रलोभन देखाउदैदुर्व्यवहार गर्ने प्रयास गरेको खबर गरेपछि खनाल आक्रोशित भए। नेपाली युवतीहरुलाई अनेकौ प्रलोभन देखाउदै धम्कि दिएर ह्यारसगर्ने बानी परेका खनालको प्रवृतिको प्रतिकार गरेपछि उनले आफुलाई सम्हाल्न सकेनन आफ्नै कार्यालयमा काम गर्ने युवतीलाईगालीगलौच मात्रै गरेनन् हातपात समेत गरे।

खनालको कुटाईले ति युवतीको शरीर अनुहारमा निलडाम समेत भयो अन्तमा यो घटना प्रहरीसम्म पुगेपछि खनालको कर्तुतकोपर्दाफास भयो।

खनालले यसघि पनि आफ्नै कार्यालयमा सेवा लिन आएकी तामांग समुदायकी एक नेपाली चेलीलाई सेफबाट अर्जेन्ट चिठी आएको , तुरुन्तै आउ भनेर आफ्नै कार्यालयमा रातको समयमा बोलाएर दुर्व्यवहार गर्ने प्रयास गरेका थिए। ति युवतीले प्रतिकार गरेपछि यो घटनातामांग समाजले व्यवस्थापन गरेको थियो।

सहयोगका लागि पिडितको आव्हान :

पीडीत नेपाली युवतीले प्रहरीमा उजुरी दिईसकेपछि एनआरएनए पाेर्चुगल, पाेर्चुगलमा कार्यरत सम्पुर्ण संघसंस्था, बुद्विजीवी, पत्रकारतथा आम नेपालीहरुलाई सहयाेगकाे लागि अपिल समेत गरेकी छिन्

पिडित युवतीले कानुनी लडाई लड्ने कुनै पनि हालतमा पछि नहट्ने समेत बताएकी छिन्।

यो घटना सार्वजनिक भए संगै पोर्चुगल सामाजिक संघसंस्थाले घटनाको घोर निन्दा गर्दै पीडितलाई न्याय दिन आफ्नो ठाउँ बाट लागि पर्नेबताएका छन्

स्रोत:- जस्ताको त्यस्तै ‘भ्वाईस अफ नेपाल.टिभी

(नोट:- बिदेशमा नेपाली बाट नेपालीलाई नै हुने दुर्ब्यवहार लाई निरुत्साहीत गर्न र अन्यायमा परेकालाई न्याय पाउन सहज होस भनि, हाम्रो समर्थन)

Loading...