
राष्ट्रिय आविष्कार केन्द्रको ग्रामीण हेल्थपोष्टलाई सिटामोल सहयोग
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले ग्रामीण स्वास्थ्य चौकीहरुलाई सिटामोल निःशुल्क वितरण सुरु गरेको छ । केन्द्रले प्रति स्वास्थ्य चौकी बढीमा ३ हजार ट्याब्लेटसम्म उपलब्ध गराउने जनाएको छ ।
तत्काल देखिएको सिटामोल अभावको अवस्था सहज नहुँदासम्मका लागि अभियान सञ्चालन गरिने केन्द्रका अध्यक्ष महावीर पुनलेआफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ । “हामीसँग धेरै मौज्दात त छैन तर पनि सम्पर्क गरे अनुसार अभाव भएका स्वास्थ्यचौकीहरुमा कमसेकम ३ हजार ट्याब्लेटसम्म सिटामोल दिने प्रयास गरेका छौं” पुनले भने ।

अभियान अन्तरगत सातै प्रदेशमा वितरणको व्यवस्था मिलाइएको पुनले जानकारी दिए ।