Banner

गलबन्दि च्यातियो गायक “प्रकाश सपुत लाईभ ईन न्युयोर्क” का लागी न्युयोर्क आउदै

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । “गलबन्दि च्यातियो” बोलको गितबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुत “प्रकाश सपुत लाईभ ईन न्युयोर्क” का लागी न्युयोर्क आउने भएका छन् ।

 

ड्रिम्स युनिभर्सलको आयोजना हुन लागिरहेको “प्रकाश सपुत लाईभ ईन न्युयोर्क” कन्सर्ट न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममाहुने र कन्सर्ट अप्रिल २२,२०२२ शुक्रबारको दिन राति ७:०० बजे बाट सुरु भई मध्यरात २:०० बजे सम्म चल्नेछ ।

 

“गायक प्रकाश सपुत संगै केही अरु पनि कलाकार पनि हुन सक्ने र कुरा भैरहेको छ । “प्रकाश सपुत लाईभ ईन न्युयोर्क” पश्चातसंयुक्त राज्य अमेरीकाको अन्य १० वटा राज्यमा प्रकाश सपुतको लाईभ कन्सर्ट रहने छ” : शैलेस श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, ड्रिम्सयुनिभर्सल एलएलसी

 

गायक प्रकाश सपुत यस् भन्दा पहिले डिसेम्बर २६,२०२१ को दिन नेपाली अमेरीकन कलाकार संघले आयोजना गरेको “रमझम सॅाझ”माअतिथी कलाकारको रुपमा उपस्थिती थिए ।

न्युयोर्कमा हुन लागेको गायक प्रकाश सपुतको कन्सर्टको मिती,समय र स्थान बारे तपाईको सहजताको लागी तल अंग्रेजीमा लेखिएकोछ ?

‘Prakash Saput Live in New York’

            Venue :

Melrose, Ballroom

Queens, New York

             Date :

April 22,2022 (Friday)

            Time :

7:00 – 2:00 am

Loading...