
का.मु. प्रधानन्यायाधीश कार्कीले ‘फुलकोर्ट’ बैठक बोलाएका छन् ।

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार) फुलकोर्टको बैठक बोलाउनुभएको छ ।
महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बन्नुभएका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाउनु भएको हो । बैठकमा राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।
पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु सोमबारको फुलकोर्ट बैठकमा सहभागी हुने भएका छन् ।