
१५औ वार्षिक कफी र चिया महोत्सब, न्युयोर्कमा नेपालमा उत्पादित नेपाली चिया र कफी राखिदै

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । यहि फेब्रुवरी १९ र २० (शनिबार र आईतबार) २०२२, का दिन ब्रुकलिन एक्स्पो सेन्टरमा हुने १५औ वार्षिक कफि र चिया महोत्सब, न्युयोर्क सिटीमा नेपालमा उत्पादित नेपाली चिया ‘Nepal Tea’ र नेपाली कफी ‘Coffee 8848’ पनि प्रदर्शनको लागि राखिने भएको छ ।
उक्त एक्स्पोमा नेपालमा उत्पादित चिया र कफी प्रदर्शनीको लागि राखिनुको साथै एक्स्पो भ्रमणको लागी आउने बिदेशिले समेत नेपालीचिया र कफिको स्वाद लिने र नेपाली उत्पादित बस्तुको पनि प्रबर्धन हुने भएकोले न्युयोर्क र आसपासमा बसोवास गर्ने नेपालीहरुलाई पनि उक्त एक्स्पोमा आई नेपाली चिया र कफीको स्वाद लिदै सहयोग पुर्याईदिन हुन नेपाल महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्कले आफ्नो अफिसियल फेसबुकमा लेख्दै आग्रह गरेका छन् ।

पुर्ण जानकारीको लागी तल दिईएको लिंकमा क्लिक गर्नुहोला ।
http://www.coffeeandteafestival.com/