Banner

प्रशिक्षक अलमुताईरीको व्यवहारको कारण ९ खेलाडीले क्याम्प छोड्यो, एन्फा मुकदर्शक

 

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं
(हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका सिनियर खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रशिक्षण क्याम्प छाडेका छन्

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहितचन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए प्रशिक्षकले अन्यखेलाडीलाई पनि क्याम्प छोड्न बताएपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेको एन्फा स्रोतले जानकारी दियो

इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए उनलेटोलीको तयारीबारे सामान्य प्रश्न गर्दा नै अलमुताइरीले असन्तुष्टि जनाएको बुझिएको त्यसपछि प्रशिक्षणमा सहभागी हुन गएकारोहितलाई क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले प्रशिक्षण पश्चात अलमुताइरीसँग छलफल गरेका थिए प्रशिक्षक अलमुताइरीआफैंले मंगलबार सामाजिक संजालमा हालेको भिडियोमा पनि रोहित छैनन्

रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडी बुधबार टोलीसँग थिएनन् एन्फा नेतृत्वलाई खेलाडीले यसबारे जानकारी दिएको स्रोतले जानकारी दियो एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यसबारे प्रशिक्षकसँग छलफल गर्ने बुझिएको

त्यसो प्रशिक्षक अलमुताइरी विवादमा आएको यो पहिलो पटक होइन यसअघि पनि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगकोविवाद तथा त्यसपछि पटक पटक अन्य सिनियर खेलाडीसँग उनको तिक्तता रहेको फुटबल वृत्तमा चर्चा थियो उनले पटक पटक एन्फानेतृत्वलाई राजिनामा दिने बताउँदै पनि आएका छन् साफ च्याम्पियनसिपपछि उनले नेपाल नै नफर्कने समेत बताएका थिए तरत्यसको केहि सातामा नेपाल आएर उनले सम्झौता नविकरण गरेका थिए

पछिल्लो घटनाले भने एन्फा नेतृत्वलाई नै विवाद सुल्झाउन दबाब पर्ने देखिन्छ समर्थकमाझ निकै चर्चामा रहेका अलमुताइरीले पटकपटक दिएको सार्वजनिक अभिव्यक्तिका कारण खेलाडी असन्तुष्ट रहेको पनि बुझिएको यस्तै उनले यसअघि नेपाली प्रशिक्षकबारेदिएको अभिव्यक्तिलाई लिएर पनि सामाजिक संजालमार्फत प्रशिक्षक अलमुताइरीले बाहिरिएका खेलाडीको स्थानमा अन्य नयाँखेलाडीलाई क्याम्पमा समावेश गर्न पनि सम्पर्क थालिसकेको एन्फा स्रोतले जानकारी दियो यद्यपि एन्फा नेतृत्वले भने यसबारे यकिनजानकारी नआइसकेको बताएको

स्रोत :- हाम्रो खेलकुद

 

 

Loading...