
सिन्धु कल्याणकारी समाज अमेरीकाको नयॅा नेतृत्वमा सुर्य खड्का
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । सिन्धु कल्याणकारी समाज अमेरीकाको चौथौ अधिवेशन सम्पन्न भएको छ । समाजको चौथौ अधिवेशनबाट अध्यक्षमा सुर्य खड्कालाई मनोनित गरेको छ भने ११ सदस्यीय समिती गठन गरेको छ ।
नयॅा कार्यसमितीमा प्रथम उपाध्यक्षमा सुनिता तामांग, द्वितिय उपाध्यक्षमा सोनाम लामा, महासचिवमा रजिना लामा, सचिवमा कर्णबहादुर श्रेष्ठ, सहसचिवमा समिप थापा, कोषाध्यक्षमा चेंगा शेर्पा, सहकोषाध्यक्षमा नोर्डेन शेर्पा र सदस्यहरुमा बिष्णु श्रेष्ठ, पासांग शेर्पा र काजि शेर्पा चयन भएका छन् ।
सिन्धु कल्याणकारी समाज अमेरीकाले कोष जम्मा गरि बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आईरहेको र निम्न आए भएकापरिवारको १४ बालबालिकाहरुलाई छात्रबृती प्रदान गरि उनिहरुको अध्ययनमा समेत सहयोग पुर्याऊदै आईरहेको छ ।

