Banner

नृत्य निर्देशक गोबिन्द राई र नायिका रंजिता गुरुंगले न्युयोर्कमा ‘नृत्य कक्षा’ संचालन गर्दै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क बिगत दशक देखि अनवरत रुपमा नृत्यकर्ममा लागेका बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई नायिका तथा मोडल रंजितागुरुंगले संयुक्त रुपमा न्युयोर्कमा नृत्य कक्षा संचालन गर्ने भएका छन्

बिगत ३० बर्ष देखि नृत्यकर्मलाई अंगाल्दै सुरुवातीको दिनमा चलचित्रहरुमा सहायक नृत्य निर्देशकको रुपमा काम गरेर अनुभव अंगालेपछी चलचित्रमा नृत्य निर्देशकका रुपमा काम गरेका राईले हाल सम्म दुई सय चलचित्रमा नृत्य निर्देशकको रुपमा काम गरीसकेका छन् भने केही चलचित्रहरुमा चरित्र पात्रको रुपमा काम समेत गरेका छन्

नायिका तथा मोडल रंजिता गुरुंग नेपाली लोकगित संगित चलचित्रमा चिरपरिचित नाम हो हाल सम्म एक हजार लोक तथा दोहोरीगितमा अभिनय गरिसकेकी नायिका तथा मोडल गुरुंगले ईन्डियन आईडल सिजन का बिजेता प्रशान्त तामांग संग नेपाली चलचित्रगोर्खा पल्टनमा संगै नायिकाको रुपमा डेब्यु गरेका थिए

नायिका गुरुंग नृत्य निर्देशक राईले संयुक्त रुपमा न्युयोर्क स्थित घ्यालसुन्दो सेवा समाजको (4008 76th street, elmhurst, NY 11373) भबनमा कक्षा संचालन गर्ने भएका छन् नृत्य सिक्न ईच्छुकले ६६७ ८९९ ८८२४ नम्बरमा सम्पर्क गरी कक्षा सुचारु गर्नसक्नुहुनेछ

 

Loading...