
सामाजिक अभियन्ता ईन्दिरा रानालाई मगर संघ अमेरीकाद्वारा सम्मान
मकै हाउस टिभी एण्ड न्युज, बिरिष घर्ति मगर
न्युयोर्क । मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरले समाजसेवी तथा पिए नेपालका अध्यक्ष ईन्दिरा राना मगरलाई अमेरिकाको न्यूयोर्कमा स्वागत र सम्मान गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपालबाट अमेरिका भ्रमणमा आउने जनजाति समुदायका विशिष्टब्यक्तिहरूलाई गर्दै आईरहेको सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रमका संचालक मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव अमृत रोका मगरले कार्यक्रममा स्वागत गर्दै मगर संघ अमेरिकाका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगर, न्यूयोर्क च्याप्टरका अध्यक्ष ओमकार बुढा मगर, न्यूयोर्क च्याप्टरका उपाध्यक्ष दिपक रोका लगाएत संस्थाका पदाधिकारीहरूले खादा लगाएर राना मगरलाई सम्मान गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै ‘अमेरिकामा रहेर पनि सामाजिक काममा नेपाल मगर संघको भुमिका उल्लेखनीय रहेको देख्दा सार्है खुसि लागेको र मगर संघ अमेरिकाको यो सम्मानले अझै थप हौसला र थप जिम्मेवारी बढेको राना मगरले बताउनुभयो ।
इन्दिरा रानामगर एक सामाजिक कार्यकर्ता र जेलमा रहेका कैदी अभिभावकका छोराछोरीलाई हेरचाह गर्ने गैर–लाभकारी संस्था पीए नेपालकी अध्यक्ष हुनुहुन्छ। राना मगरले विगत ३० वर्षदेखि मानव अधिकारको क्षेत्रमा काम गरिरहनुभएको छ । संस्थाले कैदी र उनीहरूका बालबालिकालाई सहयोग गर्न ४ वटा बाल गृह र दुई वटा विद्यालय संचालन गरेको छ ।
राना मगर २०१४ मा विश्व बाल पुरस्कारका तीन जना मनोनीत मध्ये एक हुनुहुन्थ्यो र स्वीडेनकी रानी सिल्भियाद्वारा अक्टोबर २०१४ मा विश्व बाल सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको थियो।
राना मगर एशिया २१ लिडर्स, अशोक फेलो, र विश्वभरका प्रभावशाली र प्रेरणादायी महिलाको रूपमा बीबीसीको १०० महिला सूचीमा र २०१७ मा चित्रित हुने पहिलो महिला हुनुहुन्छ ।

