
न्युयोर्क,एल्महर्स्ट हस्पिटलको सामुदायिक सल्लाहकार बोर्डको अध्यक्षमा लुईसांग वाईबा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कको एल्महर्स्ट स्थित एल्महर्स्ट हस्पिटलको (Elmhurst Hospital) सामुदायिक सल्लाहकार बोर्डको (Community Advisory Board) अध्यक्षमा नेपाली मुलका लुईसांग वाईबा मनोनित भएका छन् ।

न्युयोर्कको एल्महर्स्टमा रहेको एल्महर्स्ट हस्पिटल समुदाय केन्द्रित सरकारी हस्पिटल हो । जुन क्षेत्रमा दक्षिण अमेरिका र चाईना लगाएतसाउथ एशियाका मानिसहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो । त्यसमाथी संयुक्त राज्य अमेरीकामै सबै भन्दा धेरै नेपालीहरु बसोबास गर्छन् । जुन ठॅाउलाई समग्रमा ‘ज्याक्सन हाईट्स’ भनेर चिनिन्छ ।
एल्महर्स्ट हस्पिटल सामुदायिक सल्लाहकार बोर्डमा बिभिन्न समुदायका अगुवाहरुको प्रतिनिधित्व सहित २५ जना सदस्यहरुको समुह हो। उक्त समुहको अध्यक्षमा नेपाली मुलका लुईसांग वाईबा मनोनित भएका हुन् । जुन बोर्डको अध्यक्ष हुनेमा साउथ एशिया कै पहिलो हुन् लुईसांग वाईबा । यस् अघि एक कार्यकाल बोर्डको सदस्यको रुपमा सेवा गरेका थिए । वाईबा संगै बोर्डमा नेपाली मुलका अर्का २ जना मिलन कु. शाही र यादव बास्तोला बोर्डको सदस्यमा दोस्रो कार्यकालका लागि निरन्तरता दिने भएका छन् ।


लुईसांग वाईबा नेपाली डाएस्पोरा अमेरीकामा चिरपरिचित नाम हो । वाईबाले २०१४ – २०१७ सम्म आदिबासी जनजाति महासंघ अमेरीकाको अध्यक्ष रहि २ कार्यकाल सेवा गरेका थिए । तामांग समाज अमेरीकाको संरक्षक समेत रहेका वाईबा ‘नेपाल डे परेड,न्युयोर्क, अमेरीकाका संस्थापक समेत हुनुहुन्छ ।

