Banner

हरिवन वडा सदस्यको सहयोगमा एक बिपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण

 

मकै हाउस टिभी एण्ड न्युज,

हरिवन सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं का नवनिर्वाचित वडा सदस्यले एक बिपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिदिएका छन्

गत आइतबार हरिवन नगरपालिका, निवासी मंगल सिंह दंगाली मगरको परिवारलाई सोही वडाबाट निर्वाचित वडा सदस्य सोनी गुर्मछाने मगरले एक कोठाको पक्की घर बनाईदिएकी हुन्

आफ्नै धुर जग्गामा बनाएको सामान्य झुपडी घरमा बस्दै आएका परिवारलाई वडा सदस्य सोनी गुर्मछाने मगरले आफ्नै दुई लाख पचास हजार लगानीमा एक कोठाको पक्की घर निर्माण गरी दिएकी हुन्

निर्माण गरिएको घर हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता वडा नं का वडा अध्यक्ष प्रज्वल ढुंगानाको बिशेष आथित्य

अन्य वडा सदस्यहरुको समेत उपस्थितीमा उक्त घर मंगल सिंह दंगाली मगर उनको परिवारलाई हस्तातन्तरण गरिएको हो

 

Loading...