
मिस नेपाल नर्थ अमेरीका २०२२ को लागि नायिका स्वस्तिमा खड्का न्युयोर्क आउने
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । ड्रिम्स युनिभर्सल एलएलसिले आयोजना गर्ने मिस नेपाल नर्थ अमेरीका (२०२२) सिजन ४ मा अतिथिको रुपमा अहिलेकीचर्चित नायिका स्वस्तिमा खड्का आउने भएकी छिन् ।
अगस्ट ६,२०२२ को दिन न्युयोर्क स्थित मेलरोज, बलरुममा ग्रान्ड फिनालेमा बिशेष अतिथिको रुपमा नायिका तथा मोडल स्वस्तिमा खड्का न्युयोर्क आउने भएको हो । र उक्त दिन हुने सौन्दर्य प्रतियोगितामा संयुक्त राज्य अमेरीका र क्यानाडामा बसोबास गर्ने अबिवाहित महिलाले मिस नेपाल नर्थ अमेरीकाको अफिसियल वेबसाईटमा गई वा पोस्टरमा राखिएको क्युआरकोड स्क्यान गरी फारम भरी दर्ता पनि गर्नसक्नुहुनेछ ।
www.missnepalnorthamerica.com
यस् भन्दा पहिले मिस नेपाल नर्थ अमेरिका २०१८ सिजन १ मा मोनिका घलेले पहिलो मिस नेपाल नर्थ अमेरिकाको ताज पहिरिएकीथिईनभने दोश्रो २०१९ सिजन २ मा श्रीया गजुरेल र तेश्रो सिजन ३ को ताज गरिमा ज्ञवालीले पहिरिएकी थिईन् ।
मिस नेपाल नर्थ अमेरीका २०२२, सिजन ४ को लागी आबेदन दिन चाहने ईच्छुकले मे ३१,२०२२ सम्म दिनुपर्नेछ ।
मिस नेपाल नर्थ अमेरीका २०२२ का बिजेताले नेपाल र अमेरीकाको आउने जाने हवाईजहाज टिकट र नेपाल पर्यटन बोर्डको ब्रान्डएम्सेडरहुने अवसर प्राप्त गर्नुको साथै अन्य धेरै उपहारहरु प्राप्त गर्ने छन् ।