
गायक कर्णराज गिरीको ‘च्याप्पै समायो’मा जुनियर कार्टुन क्रुको बब्बाल प्रस्तुती
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गायक कर्णराज गिरीको स्वरमा रहेको ‘च्याप्पै समायो’ बोलको भिडियोमा जुनियर कार्टुन क्रुको बब्बाल नृत्य रहेको भिडियोकेही दिन मात्र अगाडी सार्बजनिक भएको छ ।
गायक कर्ण राज गिरीको स्वरमा रहेको ‘च्याप्पै समायो’ गितमा शब्द डिपि खनालले लेखेका हुन् । शंकर थापा स्माईलको संगित रहेकोउक्त गितलाई रिकेश गुरुंग एरेन्ज गरेका हुन् । भने मिक्स मास्टरिंग श्यामस्वेत रसाईलीले गरेको गित प्रिस्मा रेकर्डिंग स्टुडियोबाट तयारभएको हो ।
सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोमा कार्टुन्ज क्रु जुनियरले प्रस्तुति दिएका छन् । सामुहिक नृत्यमा तयारभएको भिडियो निकै नै उत्कृष्ट बनेको उक्त भिडियोलाई पवन सुस्लिंगले खिचेका हुन् भने । भिडियोको सम्पादन सुरोज अधिकारीलेगरेका हुन् ।
भिडोमा कलाकारहरुको मेकअप सुवास तिमल्सिनाले गरेका हुन् । सरोज अधिकारी र पेम्बा मगरको संयुक्त कोरियोग्राफी रहेकोभिडियोमा सहायक कोरियोग्राफी भने सन्देश र सबिनाले गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।