
६ मतको अन्तरले एन्फाको अध्यक्षमा पंकज नेम्वाङ बिजयी
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट वर्तमान अध्यक्ष तथाप्रतिद्वन्दी कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै आगामी कार्यकालको लागी अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन्।
अध्यक्षपछि अहिले वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलबाट बिर बहादुर खड्का र कर्माप्यानलबाट शिक्षित पराजुली चुनावी मैदानमा रहेका छन् ।
कर्मा र पंकजले २१–२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन् । साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठउपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिलासदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको छ ।
१५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् । सदस्यमा मिलन गुरुङ र सुरेन्द्रशिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवालले प्यानलविनै उमेदवारी दिएका छन् ।
साधारणसभा काठमाण्डौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको हो । साधारणसभामा भएको निर्वाचनमा नेम्वांगले ४५मत प्राप्त गर्दै निर्वाचित हुदा उनका प्रतिद्धन्द्धी शेर्पाले ३९ मत प्राप्त गरेका थिए । कुल ८४ मत खसेको थियो भने उता अर्का स्वतन्त्रउमेदवार राजीव राज पौड्यालले भने एक मत पनि प्राप्त गर्न सकेनन् ।