
‘हिरामन्डी’ वेबसिरिजबाट कमब्याक गर्दै मनिषा कोइराला
मकै हाउस टिभी एण्ड न्युज,
बलिवुड । कुनै बेलाकी चर्चित बलिवुड नायिका मनिषा कोईराला बलिउडका सुपरहिट निर्माता तथा निर्देशक संजय लीला भन्सालीलेबनाउने आगामी फिल्म ‘हिरामण्डी’मा अभिनय गर्ने भएकि छिन् ।
संजय लिला भन्सालीले निर्देशन गर्ने र मनिषा कोईरालाले अभिनय गर्ने भनिएको उक्त फिल्म डिजिटल प्लेटफर्म मार्फत रिलिज हुने छ ।भने उक्त वेवसिरिज फिल्म हीरामण्डी जुन वेबसिरिज फिल्म नेटफ्लिक्समा सार्वजनिक हुने बलिउड हंगामाले लेखेको छ।
भन्सालीको यस् फिल्ममा मनिषा कोइाराला, सोनाक्षी सिन्हा, हुमा कुरेसी र ऋचा चड्डाको मुख्य अभिनय रहने छ भने फिल्ममा अहिलेसम्मदुई सय करोड खर्च गरिसकेको समाचारमा उल्लेख छ।
वेवसिरिज भन्साली र मिताक्षरा कुमारको संयुक्त निर्देशनमा
फिल्म तयार हुनेछ । मिताक्षाराले ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ २ चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरीसकेका छन् ।
भन्सालीको प्रोडक्सनमा निर्माण हुने वेवसिरिज ‘हीरामण्डी’ देहव्यापारमा आधारित वेबसिरिज रहने निर्माण पक्षले जानकारी गराएकाछन् ।