
गायिका सुनारको मृत्यु शंकास्पद, एकजना पक्राउ
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ । लोक तथा दोहोरी गायिका दिलमाया सुनार काठमाण्डौको नेपालटार स्थित आफ्नै डेरामा मृत भेटिएकी छन् ।
गत शनिबार १०:४५ बजे उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरी बृत बालाजुले जनाएको छ ।नेपाल स्थायी घर सुर्खेत घरभएकी उनि केहि बर्ष देखि काठमाण्डौमै बसोबास गर्दै आईरहेकी थिईन् । शुक्रबार राति काठमाडौँमा आफूलाई बाँच्न गाह्रो भएको रआमा र छोरा संग माफी माग्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ ।
गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारणपनि चर्चित थिइन् । यसअघि, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।