
महत्वपुर्ण खेल खेल्न भरत खवास र नवयुग श्रेष्ठ अमेरीका आउदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अमेरिकामा हुन गईरहेको पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टका लागि भरत खवास र नवयुग श्रेष्ठ आउनेभएको हो । यि दुबै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका महत्वपूर्ण सदस्य हुन् ।
यि दुई खेलाडी भरत र नवयुग आयोजक टिम लस एन्जल्स (एलए) क्लबबाट खेल खेल्नेछन् । भरत खवास र नवयुग श्रेष्ठ दुबै जनानेपाली राष्ट्रिय टोलीका लागी उत्कृष्ट पुर्बस्ट्राईकर हुन् । नवयुग श्रेष्ठले हालै कुवेतमा सम्पन्न एएफसी एसियन कप छनौट तर्फ नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी पनि गरेका थिए । भने भरत आर्मीका नियमित कप्तान हुन् ।
भरत र नवयुग आज नै अमेरिका उड्नेछन् । भने कति दिन अमेरिका बसाई हुने बारे भने खुलाइएको छैन ।