
हरिवनमा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न।
मकै हाउस टिभी एण्ड न्युज, राजु तामाङ, सर्लाही
असार १७ गते शुक्रबार।
सर्लाहीको हरिवन नगरपालिकामा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार महादेव जनता नमुना माध्यमिक विद्यालयमा हरिवन नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।

प्राथमिक तहका बालबालिकाहरुका लागि लक्षित गरी बालश्रम सम्बन्धि विषयवस्तुमा आधारित रही चित्रकला प्रतियोगिताको आयोजना गरिएको हो।
उक्त प्रतियोगितामा नगर भित्रका निजी तथा सामुदायिक विद्यालय गरि २३ वटा विद्यालयले सहभागीता जनाएको थियो। २३ वटा विद्यालयबाट जम्मा ४६ जना विद्यार्थीले सहभागीता जनाएका थिए।

जसमा छात्रा तर्फ निजी विद्यालय सर्लाही एम्विशनका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मनुमाया लो प्रथम भएका छन र छात्र तर्फ भने सामुदायिक विद्यालय चुरे प्रावि का अनिष थिङ प्रथम भएका हुन।
प्रथम हुने विद्यार्थीलाई जनही नगद २२ सय ५० रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक आशा खरेलले बताए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, शिक्षा शाखा अधिकृत नवराज निरौला, महिला तथा बालबालिका शाखाकी आशा खरेल, महादेव जनता नमुना माविका प्रधानाध्यापक जय शंकर सिंह लगयात शिक्षक-शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

