
सर्लाहीको शंकरापुरमा दुई सबारी एक आपसमा ठोक्कीदा चालक गम्भिर घाईते
मकै हाउस टिभी एण्ड न्युज, ज्योती लामा, बरहथवा
सर्लाही । हिजो आईतबार २०७९/०३/१९ गते ११:४५ बजे सर्लाही जिल्लाको बरहथवा बाट भरतताल तर्फ जादै गरेको ‘प्र २–०२–००१ह १८४९’ को ट्याम्पु र बिपरित दिशा तर्फबाट आउदै गरेको ‘बा ६० प ७४०४’ प्लेट नम्बरको मोटर साईकल बागमती नगरपालिका ९, शंकरापुरमाएक आपसमा ठोक्कीदा मोटर साईकल चालक गम्भिर घाईते भएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका मोटर साईकल चालकलाई बरहथवा स्थित शंकट मोचन अस्पतालमा उपचारको लागी पुर्याईएकोथियो । बरहथवा स्थित अस्पतालमा थप उपचार सम्भब नभएकोले घाईते चालकलाई बिरंगज लगेको हो ।

गम्भिर घाईते भएका मोटर साईकल चालकको हाल सम्म परिचय खुल्न नसकेकोले तस्बिरमा देखिएको मान्छेलाई चिन्नु हुनेले घाईते चालकको आफन्त वा प्रहरी कार्यालयको सम्पर्क नम्बरमा ९८५४०६७१०० सम्प्पर्क गरी जनकारी गराईदिनु हुन पनि प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

