
काठमाण्डौमा पुर्बबिधार्थीको समुहले शिक्षक र बिधाबारिधी गरेका बिधार्थिलाई सम्मान गरेका छन् ।
मकै हाउस टिभी एण्ड न्युज,सुरेश चाम्लिङ्ग, काठमाण्डौ
काठमाण्डौ । खोटांग बजार स्थित भगवती माध्यमीक बिद्यालयका पुर्व बिद्यार्थीहरुले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी शिक्षक (गुरु) र विद्यावारिधी गरेकाहरुलाई सम्मान छ ।
कार्यक्रममा प्र.अ. माणिक लाल प्रधानले बोल्दै “हामी शिक्षकहरु विद्यार्थीको बुवा आमा जस्तै भएको र छोरा छोरीले बुवा आमाकोसम्मान गर्दा खुशी नहुने कुनै बुवा आमा होला र ?”

नेपाली शिक्षक लोमश न्यौपानेः “निकै नै कार्य व्यस्तताको बाबजुद पनि २०३८ साल ब्याच बिद्यार्थीहरुले यस्तो कार्यक्रम गरी हामीलाई भेट गराए, सम्झीए, सम्मान गरेकोमा निकै नै खुशी लागेको छ”
गणित शिक्षक देबी कुमार राइः “धेरै पछी बिद्यार्थी र शिक्षक बिचको भेटघाट जुराईदिएकोमा यो समुह लाई धन्यवाद दिनु हुदै खुशीव्यक्त गर्नु भयो”
उक्त कार्य कार्यक्रममा बिद्यालयका २०३८ साल ब्याचका सुरेश चामलिंगले कार्यक्रमका औचित्य बारे प्रस्ट पार्दै गुरुहरु र हामी स्वयम्बिद्यार्थीहरु पनी जीवनको उत्तरार्ध तीर लागी रहेका छौं । यस्तो अवस्थामा गुरुहरुको सम्मानले महत्व निकै नै राख्छ उक्त बिद्यालयबाटशिक्षा लिनेहरु धेरै धनी छन्, ठुला ओहोदामा छन् तर उहाहरुले यस्तो कार्यक्रम बारे नसोचेका हुदा मानिसहरुको मन ठुलो हुनु पर्ने रैछहामी २०३८ सालका बिधार्थी समुहले यो कार्य गर्यौ । अन्य
श्री भगवती हाइ स्कुल २०३८(इशोभ्स –३८) का पुर्ब बिधार्थी, बिद्यार्थी समुहले गरेको उक्त कार्यक्रममा सोही बिधालय बाट एस एलसी उत्तिर्ण भएका बिधार्थिहरु डा.बिष्णु राइ, डा. जय लम्साल र डा. मेघ राज बन्जारालाई सम्मान गरिएको थियो ।

इशोभ्स –३८ का बिद्यार्थी/समाज सेवी अशोक प्रधान, काठमाण्डौ महानगर पालिकाका वरिष्ठ इन्जिनियर रबिन्द्र राई, रेडियो नेपालकामुख्य प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराई, तिमाल गाउ पालिकाको मुख्य प्रशासकीय अधिकृत केदार ढकाल, सरोज ओझा, शम्भुकार्की, प्रेम राईको समेत उपस्थिती संगै अन्य दिप राजा उदाश, संजय राई, कुमारी कमला राई पवन कुमार पौडेल, राम प्रसाद ढकाल, बिशाल भट्टराइ लगाएतको उपस्थिती थियो । अशोक प्रधानको ब्यबस्थापन र प्रेम भट्टराइको उद्घोषणमा भएको कार्यक्रम काठमाडौँसुकेधारा स्थीत युनिभर्सल क्याफेमा औपचारिक र अनौपचारिक गरी कार्यक्रम २ दिन चलेको थियो ।

