
अमेरिकाका मगर समुदायले मनाए समर पिकनिक
मकै हाउस टिभी एण्ड न्युज, वीर घर्ती मगर, न्यूयोर्क
अमेरिकामा बसोवास गर्ने मगर समुदायको राज्य अनुसार पारिवारिक समर पिकनिक मगर संघको आयोजनामा विभिन्न स्थानमा सम्पन्न भएको छ । मगर संघ न्यूयोर्क च्याप्टर, न्यूजर्सी च्याप्टर, कोलोराडो च्याप्टर, शिकागो च्याप्टर र टेक्सास च्याप्टरले बार्षिक क्यालेण्डर अनुसार कार्यक्रमको आयोजना गरी पारिवारिक समर पिकनिक भब्य रूपमा मनाएको हो ।

अमेरिकाभरी रहेका सम्पूर्ण मगर समुदायलाई समेट्न तथा बर्षौभरी दुख गरेर एक आपसमा भाईचारा, सद्भाव र खुसी साट्न यस्तो कार्यक्रमको आयोजना गरिएको अमेरिका केन्द्रिय मगर संघका अध्यक्ष कुलदिप राना मगरले मकै हाउस टिभी एण्ड न्युजलाई बताउनुभयो ।
त्यसैगरी मगर संघ न्युयोर्क च्याप्टरको समर पिकनिक कार्यक्रमपनि आईतबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाली संकृती झल्किने पञ्चेबाजा, नृत्य, दोहोरी गीत, विविध खेलकुद गतिविधीमा विजयी तथा सहभागीहरूलाई सम्मान पत्र तथा खादा लगाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्यहरू तथा न्यूयोर्क मगर संघका भतपूर्व र हालको च्याप्टर कार्यकारी सदस्यहरूलाई न्युयोर्क मगर संघका अध्यक्षले सो अवसरमा मायाको चिनो र खादा लगाएर सम्मान समेत गर्नुभयो।
पारिवारिक समर पिकनिक कार्यक्रमलाई सफल बनाउन सांस्कृतिक संयोजकमा सदस्य प्रितिमाया पुन मगर र सह-कोषाध्यक्ष याम कुमारी थापा मगर, पेय पदार्थ संयोजक सदस्य राजु घर्ति मगर, मैदान ब्यस्थापन संयोजक सदस्य निरोज पुलामी मगर, वाद्दवादन पञ्चेवाजा संयोजकमा उपाध्यक्ष दिपक रोका मगर, खाना तथा खाजा संयोजकमा कोषाध्यक्ष विकास घर्ति मगर, टिकट तथा काउण्टर संयोजकमा सदस्य प्रेमा कुमारी घर्ति मगर, खेलकुद व्यवस्थापन संयोजकमा सल्लाहकार तथा पूर्व अध्यक्ष याम पुन मगर, बार्विक्यु ब्यवस्थापन संयोजकमा सह सचिव रत्नसिह गर्वुजा मगर र प्रचार प्रसार तथा क्यामरा संयोजकमा सदस्य विर घर्ति मगर र सुसाङ बुढा मगरलाई जिम्मेवारी दिइएको थियो । सो कार्यक्रमको संचालन भने सचिव अमृत रोका मगरले गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष ओमकार बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिहरू अमेरिका मगर संघ केन्द्रिय उपाध्यक्ष सुमन पुन मगर, पूर्व महासचिव फिप्नाका नरेन्द्र थापा मगर, मगर संघ केन्द्रिय महासचिव दिप सागर पुन,मगर संघ अमेरीका केन्द्रिय सचिब पुर्ण बहादुर पाईजा मगर, मगर संघ अमेरीका केन्द्रिय कोषाध्यक्ष विष्णु राना मगर र लायन्स क्लब अफ क्विन्स बुद्ध न्यूयोर्कका अध्यक्ष तथा मेडिया पर्सनालिटी विक्कि पुलामी मगरको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्तिममा राफल चिठ्ठा विजेता प्रथम पुरस्कार एप्पल आईप्याड बसन्त बुढा मगर, दोस्रो पुरस्कार एप्पलवाच गोविन्द पुन मगर र तेस्रो पुरस्कार एप्पल ईयरपड तिलक राना मगरलाई वितरण गरेर समापन गरिएको थियो ।
