
मेलिना राई र नबिन कार्कीको “कान्छि झ्याना कुटी”मा केकी,रिमा,पुर्ण र दिनेश (भिडियो सहित)
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गायिका मेलिना राई र गायक नबिन कार्कीको स्वरमा रहेको “कान्छी झ्यानाकुटी झ्याई” बोलको भिडियो सार्बजनिक भएकोछ ।
“कान्छी झ्याना कुटी झ्याई” बोलको गितमा स्वर गायिका मेलिना राई र नबिन कार्कीको रहेको छ ।भने शब्द प्रदिप पोखरेल र संगित स्वंय नबिन कार्कीको नै रहेको छ । गितको एरेन्ज र मीक्सिंग बिशाल निरौलाले गरेका हुन् ।
न्युयोर्कका चर्चित होस्ट तथा म्युजिक भिडियो निर्देशक बिक्की पुलामीको निर्देशनमा तयार भएको भिडियोमा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको कोरियोग्राफी रहेको छ । उक्त भिडियोमा नायिका केकी अधिकारी, रिमा बिश्वकर्मा, मोडल पुर्ण लम्साल र दिनेश खनालको अभिनय तथा नृत्य रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु खड्काले गरेका हुन् ।
म्युजिक भिडियो लाई केही दिन अगाडी “दिनेश खनाल प्रोडक्सन”को अफिसियल युट्युब च्यानेल बाट सार्बजनिक गरेको हो ।
पुरा भिडियो हेर्न यहॅा तलको लिंकमा क्लिक गर्नुहोला ।

