Banner

प्रवासी नेपाली एकता मंच र द गुरुङ(तमु )सोसाईटी,अमेरिकाको संयुक्त रक्दान कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । प्रवासी नेपाली एकता मंच अमेरिका र  द गुरुङ (तमु ) सोसाईटी,  अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइट्समा रक्दान कार्यक्रम सम्पन भएको छ ।

गत जुलाई २३ शनिवारको दिन सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली एकतामंचका तर्फ बाट  अध्यक्ष टेक गुरुङ , वरिष्ठ उपाध्यक्ष यम लामा , महासचिव शंकर पन्त सहितका ब्यक्तित्वहरुको उपस्थित रहेको थियो ।  भने सँस्थाका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्‍जित , सचिव देवकी पन्त , कोषाध्यक्ष उमा तामाङ्गको विशेष सक्रियता थियो ।द गुरुङ ( तमु )  सोसाईटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरुको स्वयंसेवा गर्ने सक्रियता प्रशँसा योग्य थियो ।

रक्तदाता देखि आगन्तुकहरुलाइ फलफुल तथा खाना खुवाउने कार्य प्रशंसा योग्य देखिन्थ्यो । जनसम्पर्क समिति अमेरिकाका सभापतीआनन्द बिष्ट  , आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार  बिष्ट देखि अन्य  विशिष्टहरुले रक्तदान देखि कार्यक्रममा रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको देखिएको थियो ।

रगत अभावको यस जटिल समयमा उच्च गर्मिको बेवास्ता गरी रक्तदान कार्यक्रम हुनु महत्वपुर्ण  उपलव्धि भएको भन्दै आयोजकहरुलाइ रगत संकलक संस्थाले धन्यवाद दिएका  थिए ।  भने रक्तदाताहरुलाई आयोजक सँस्थाका पदाधिकारीहरुले सम्मान पत्र हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरेका थिए ।

 

Loading...