
आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ, बालेन शाह
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ । आफ्नो न्याय प्राप्तीको लागी संघर्षरत निहारिका राजपुतसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शनिबार त्रिवि शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका हुन्।
भेटपछि कामनपा प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमा भेटको तस्बिर सार्वजनिक गर्दै निहारिकामाथि अत्याचार गरिएकोटिप्पणी गरेका छन्।
र लेख्दै भनेका छन् : “आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने यो अत्ति हो।यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन”
