
न्युयोर्कमा रहेको नेपाली लायन्स क्लबको तीज कार्यक्रममा छमछम्ती नाचे चेलीहरु
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । लायन्स क्लब अफ क्विन्स केटिएम र लाएन्स क्लब अफ क्विन्स बुद्धको संयुक्त आयोजनामा हिन्दु नारिहरुको महान पर्ब हरीतालीका तीज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब्स ईन्टरनेशनलको विभिन्न कार्यक्रमहरु मध्ये “Family, Fun & Fellowship” अन्तर्गत तीज कार्यक्रम आयोजना गरिएको हो ।

उक्त तीज बिशेष तथा दर खाने कार्यक्रममा लायन्स क्लब्स ईन्टरनेशनल डिस्ट्रिक्ट २०–के१ ब्रुकलिन र क्विन्सका क्याबिनेट सचिब लायन टाईस्ट बब, भुतपुर्ब जिल्ला गभर्नर लायन बर्बरा, रिजन चेयर लायन यलिन वेंग र लायन वांग वेंग (District 20-k1, Brooklyn & Queens Cabinet Secretary Lion Ty’East Bobb, PDG Lion Barbara, Region Chair Lion Yalin Weng & Lion Wang Weng) को सहभागिता रहेको थियो । भने साथै दुबै क्लबका सदस्यहरु लगाएत पाल्नुभएका दिदी-बहिनीहरुको संख्या १२० रहेको थियो ।

हिन्दु नारिहरुको महान पर्ब तीजको शुभ अवसरमा न्युयोर्कमा रहेको नेपाली क्लबहरु लायन्स क्लब अफ क्विन्स केटिएम र लायन्सक्लब अफ क्विन्स बुद्धले संयुक्तरुपमा “हरितालिका तीज बिशेष तथा दर खाने कार्यक्रम” सम्पन्न गरेको हो । उक्त कार्यक्रममा पाल्नुभएका नेपाली नारीहरुले मध्यरात सम्म छमछम्ती नाचेर मनोरंजन लिएका थिए । कार्यक्रममा तीजका गित संगै अतिथीका रुपमा पाल्नु भएका नेपाली अमेरीकन कलाकार संघ, नर्थ अमेरिकाकी अध्यक्ष तथा गायिका निशा सुनार र संघका उपाध्यक्ष तथा लोक तथा दोहोरी गायक बिमल डॅागीले आफ्ना नयॅा र पुराना गितहरुको प्रस्तुतीले उस्थित चेलीहरुलाई छमछम्ती नचाएका थिए ।

लायन करुणा श्रेष्ठ र लायन अरुणा लामाले संयुक्त संयोजन गरेको उक्त कार्यक्रममा शेर्पा किदुग अमेरीकाकी अध्यक्ष छिरिंग शेर्पा, गैर आवासिय नेपाली संघ, अमेरीका, न्युयोर्क च्याप्टरकी महिला संयोजक लक्ष्मी थापाले कार्यक्रम सफलता तथा तीजको शुभकामना दिएकी थिईन् । भने लायन्स क्लब अफ क्विन्स केटिएमकी अध्यक्ष रश्मी श्रेष्ठले कार्यक्रममा पाल्नु भएका सम्पुर्ण अतिथीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिईन ।

