
महेश बस्नेतले चेताबनी दिदै लेखेका छन् “बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको?
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । काठमाण्डौ महानगरका प्रमुख बालेन शाहको प्रतक्ष्य सहभागितामा कामनपा भित्र बनेको अल्फा बिटाको अनधिकृतसंरचना भत्काएको आबेगमा महेष बस्नेतले सामाजिक संजाल मार्फत चेताबनी दिएका छन् ।
महेश बस्नेतले सामाजिक संजालमा लेखेको कुरा जस्ताको त्यस्तै ।
“बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको?
१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?
२) हामी संग नजिक भएर या फोटो लिएको कारण ?
* पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै।
* दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौ ।
कथित बुध्दिजीवी कल्याण जीहरुले बौध्दिक अराजकता नफिजाएकै राम्रो ।”

